व्यवसायी शेखर गोल्छा पक्राउ, बीमा तथा पूँजी बजार क्षेत्रमा थप तरंग

Yangle News
Yangle News
२०८३ बैशाख १० गते
व्यवसायी शेखर गोल्छा पक्राउ, बीमा तथा पूँजी बजार क्षेत्रमा थप तरंग

व्यवसायी शेखर गोल्छालाई धितोपत्रसम्बन्धी कसूरमा पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज काठमाडौंको नक्सालबाट उनलाई पक्राउ गरेको हो ।

सीआईबीले विज्ञप्ति जारी गर्दै धितोपत्रसम्बन्धी कसूरमा गोल्छालाई पक्राउ गरिएको पुष्टि गरेको हो । सीआईबीका अनुसार नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा गोल्छाविरुद्ध अनुसन्धान अघि बढाइएको हो । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका पूर्वअध्यक्ष गोल्छालाई धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतका दफा ९४, ९५, ९६(१) र ९८ बमोजिम कसूर गरेको आशंकामा मुद्दा अगाडि बढाएको जनाएको छ ।

सोही ऐनको दफा १०३(३) अनुसार थप अनुसन्धानका लागि कारबाही भइरहेको छ । नेपाल प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि उनलाई नियन्त्रणमा लिएको हो । हाल उनीमाथि थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ । यस घटनाले बीमा तथा पूँजी बजार क्षेत्रमा थप तरंग ल्याएको छ ।

विज्ञप्ति :

Yangle News