‘राष्ट्रिय खेलकुद नीति-२०८२’ सार्वजनिक

Yangle News
Yangle News
२०८२ असार १७ गते
‘राष्ट्रिय खेलकुद नीति-२०८२’ सार्वजनिक

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति-२०८२ सार्वजनिक गरेको छ ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद नीति सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषदको यही असार ९ गते बसेको बैठकले उक्त नीति स्वीकृत गरिएको थियो ।

खेलकुदलाई जनजीवनको अभिन्न अंगका रूपमा विकास गरि स्वस्थ, सक्षम र अनुशासित जनशक्ति तयार गरि राष्ट्र निर्माणमा योगदान पुराउने उदेश्यका साथ राष्ट्रिय खेलकुद नीति २०८२ तयार गरिएको मन्त्री चौधरीले बताए ।

उनले संघ, प्रदेश र स्थानीय तह बीचको समन्वय र सहकार्यमा खेलकुद क्षेत्रको विकास र विस्तार गर्ने लक्ष्य रहेको उल्लेख गरे । खेलकुद नीतिमा २२ वटा रणनीतिका साथै ९२ वटा कार्यनीति समेटिएको मन्त्रालयले जनाएको छ । नीतिको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय खेलकुद अनुगमन समिति गठन गरिने मन्त्री चौधरीले बताए ।