चुनाव अगावै मनाङे निर्विरोध निर्वाचित

Yangle News
Yangle News
२०७९ अशोज २६ गते
चुनाव अगावै  मनाङे निर्विरोध निर्वाचित

मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’ बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उम्मेदवारी  दिएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् ।

मनाङको प्रदेशसभा  ‘ख’ बाट उम्मेदवारी दिएका मनाङेविरूद्ध दोर्जे लामा गुरूङले पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए। दोर्जेले आफ्नो उम्मेदवारी फिर्ता लिन बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन्। उनको उम्मेदवारी फिर्तासँगै मनाङे निर्विरोध निर्वाचित भएका हुन्।

मनाङेलाई आफ्नो दलमा ल्याउन उक्त क्षेत्रमा नेकपा ९एमाले० तथा सत्ता गठबन्धनका अरू दलले आफ्ना उमेदवारी उठाएका छैनन् ।

320 views