आज सत्ता साझेदार दलहरूको बैठक बस्ने भएको छ । आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा सत्तापक्षीय दलका शीर्ष नेताहरू सहभागी हुनेछन् । बैठकमा समसामयिक विषयका साथसाथै शिक्षक आन्दोलनका विषयमा पनि छलफल हुनेछ । त्यस्तै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा पनि छलफल हुनेछ ।
काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूसँगको वार्ता सकारात्मक भएको भनिएको छ । तर, सहमति भने भइसकेको छैन । जसका कारण आन्दोलन नरोक्ने नेपाल शिक्षक महासंघले जनाएको छ ।
त्यस्तै सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम १९ वैशाखमा ल्याउने तयारीमा छ । गभर्नर नियुक्ति, सरकार परिवर्तनको हल्ला, सरकारका काम-कारबाहीलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।