पूर्वउपराष्ट्रपति पुनलाई माओवादी उपाध्यक्षको जिम्मेवारी

Yangle News
Yangle News
२०८१ चैत्र २५ गते
पूर्वउपराष्ट्रपति पुनलाई माओवादी उपाध्यक्षको जिम्मेवारी

नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई पार्टीको उपाध्यक्ष बनाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पासाङलाई केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य मनोनीतसँगै पार्टी उपाध्यक्ष बनाएका हुन् । गत पदाधिकारी बैठकले मनोनीत गरेर त्यहीअनुसार सर्कुलर पठाइएको माओवादीका एक सचिवालयका सदस्यले बताएका छन् ।

दुई कार्यकाल उपराष्ट्रतिको जिम्मेवारीमा रहेका पासाङ पछिल्लोपटक पार्टीका बैठकहरूमा निरन्तर सहभागी हुँदै आएका थिए । गएको फागुन तेस्रो साता बसेको माओवादी केन्द्रीय समिति बैठकमा पुन आमन्त्रित अतिथिको रुपमा सहभागी भएका थिए । माओवादी केन्द्रले यसअघि नै पुनलाई उत्पादन ब्युरो इन्चार्जको जिम्मेवारी दिएको थियो ।

दुई कार्यकाल उपराष्ट्रपति पद सम्हालेका पुन गएको माघमै पार्टी राजनीतिमा सक्रिय हुन थालेका हुन् । उनी २०७२ सालदेखि २०७९ सम्म उपराष्ट्रपति थिए ।