मेघगर्जन र चट्याङसहित तीन दिन वर्षाको सम्भावना

Yangle News
Yangle News
२०८२ बैशाख ४ गते
मेघगर्जन र चट्याङसहित तीन दिन वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको बताएको छ ।

महाशाखाले बिहीबार साँझ जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा बिहीबार राति देशका सातै प्रदेशका हिमाली भेगमा हल्का हिमपातको तथा पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार र शनिबार दिउँसो सात प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ । भोलि र पर्सी दुई दिन पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना छ ।