अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभाले अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई बर्खास्त गर्ने सम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ । हेटौंडामा बिहीबार भएको विशेष साधारणसभामा नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै परेको प्रस्तावमाथि मतदान भएको थियो ।
प्रस्तावको पक्षमा एक मत पनि परेन भने विपक्षमा ५३ मत परेको छ । एक मत बदर भएको छ ।
विशेष साधारणसभामा नेम्वाङमाथि अविश्वासको प्रस्ताव दर्ता गरि पर्खास्त गर्नुपर्छ भन्ने असन्तुष्ट पक्षले भने मतदान गरेनन् । एन्फाको १०७ सदस्यमध्ये ८७ जनासँग मताधिकार भएपनि ५३ जनाले मात्र मतदान प्रक्रियामा भाग लिएका थिए । एन्फामा अध्यक्षको बर्खास्तीको प्रस्ताव पारित हुन दुई तिहाई मत आवश्यक पर्ने विधानमा उल्लेख छ ।