पशुपति राममन्दिरनजिकै ३ थान ग्रिनेट फेला

Yangle News
Yangle News
२०८३ बैशाख २७ गते
पशुपति राममन्दिरनजिकै ३ थान ग्रिनेट फेला
फाइल तस्बिर ।

काठमाडौंको पशुपतिस्थित राममन्दिर नजिकै ३ थान ग्रिनेट फेला परेको छ । काठमाडौं महानगरपालिका-९ पशुपति राममन्दिर नजिकै ३६ ह्यान्ड ग्रिनेट ३ थान फेला परेको प्रहरीले जनाएको छ ।

उक्त ग्रिनेट डिस्पोजका लागि नेपाली सेनालाई बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । ग्रिनेट पुराना अवस्थामा रहेको प्रहरीले जनाएको छ ।