नारायणगढ-मुग्लिन सडकमा ७ वटा गाडी ठोक्किए, दर्जनौं घाइते

Yangle News
Yangle News
२०८२ कार्तिक १ गते
नारायणगढ-मुग्लिन सडकमा ७ वटा गाडी ठोक्किए, दर्जनौं घाइते

नारायणगढ-मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । एउटा ट्रकले बसलाई ठक्कर दिएपछि अन्य गाडीहरु पनि तिनै ट्रक र बसमा ठोक्किएका हुन् ।

प्रहरीका अनुसार दुर्घटना हुँदा बसमा चेपिएका चालकसहित ६ जनाको उद्धार गरी उपचारका लागि चितवन पठाइएको छ । अन्य बस तथा ट्रकका चालकसमेत गरी एक दर्जन बढी घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी गराएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको बताइएको छ ।

दुर्घटना आज बिहान सात बजे भएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त गाडीहरुको अगाडि र पछाडिको भागमा क्षति पुगेको छ । उद्धार कार्य भइरहेकाले घाइतेहरुको अवस्थाबारे विस्तृत खुलिनसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे समेत अनुसन्धान भइरहेको छ ।

Yangle News