यस्तो छ एनपीएलको आय-व्यय विवरण

Yangle News
Yangle News
२०८२ साउन १५ गते
यस्तो छ एनपीएलको आय-व्यय विवरण

नेपाल क्रिकेट संघ (क्यान)ले गत वर्ष सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)को खर्च विवरण सार्वजनिक गरेको छ । प्रतियोगिता सम्पन्न भएको सात महिनासम्म पनि खर्च विवरण सार्वजनिक नगरेको भन्दै चर्को आलोचना खेपेको क्यानले बिहीबार कार्यसमिति बैठकमा विवरण सार्वजनिक गरेको हो ।

क्यानका अनुसार, प्रतियोगिताको ‘टोटन ग्रस रेभेन्यु’ २७ करोड ६९ लाख ६४ हजार १ रुपैयाँ रहेको छ । यसमध्ये प्रतियोगिता आयोजनाका निम्ति कुल २० करोड १५ लाख ७३ हजार ५९९ रुपैयाँ खर्च भएको छ ।

यसैगरी आठ क्लबसँग राजस्व बाँडफाँट गर्नुअघिको आम्दानी सात करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ रहेको छ । यसमध्ये आठ फ्रेन्चाइज क्लबलाई ५० प्रतिशत समान रूपमा वितरण गरेपछि क्यानले तीन करोड १६ लाख ५० हजार ७८९ रुपैयाँ आम्दानी भएको जनाएको छ । क्यानले चार करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ आठ क्लबलाई बाँडेको जनाएको छ । यसैगरी क्यानले तीन करोड १६ लाखमध्ये प्रदेशहरूलाई ७० लाख रुपैयाँ राजस्व बाँडिएको छ ।

यी सबैपछि प्रतियोगिताबाट क्यानको कुल आम्दानी दुई करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ गरेको जनाएको छ । प्रतियोगिताको पहिलो संस्करण गत वर्ष मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भएको थियो । प्रतियोगिताको दोस्रो संस्करणका निम्ति क्यानले नोभेम्बरको समय तोकेको छ ।

प्रेस विज्ञप्ति :

Yangle News