खाँदबारी- संखुवासभामा कांग्रेसका जिल्ला सभापति दीपक खड्का विजयी भएका छन्।
उनले एमालेका राजेन्द्र गौतमलाई ५ हजार ४३९ मतान्तरले पराजित गरेका छन्।
गठबन्धनका साझा उम्मेदवार खड्काले ३२ हजार १५८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गौतम २६ हजार ७१९ मतमा समेटिएका छन्।