सांसदका १० प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

Yangle News
Yangle News
२०८२ साउन ७ गते
सांसदका १० प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधि सभामा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै १० जना सांसदले उठाएका विभिन्न विषयहरूमा जवाफ दिएका छन् ।

उनको जवाफ मुख्यतया देशको विकास निर्माण, सुशासन, युवा रोजगारी र संक्रमणकालीन न्याय जस्ता महत्त्वपूर्ण सवालहरूमा केन्द्रित थियो । सांसदहरूले युवा पलायन, बन्द उद्यग, कर्णालीको विकास, भूकम्प पुनर्निर्माण, हुलाकी राजमार्ग, भ्रष्टाचार नियन्त्रण र शान्ति प्रक्रियाको बाँकी काम लगायतका विषयमा प्रश्न सोधेका थिए ।

जवाफका क्रममा प्रधानमन्त्री ओलीले युवालाई स्वदेशमै रोजगारी दिन ‘रोजगार प्रवर्द्धन दशक’ घोषणा गरिएको, बन्द अवस्थाका ७ वटा सरकारी उद्योग पुनः सञ्चालनको प्रक्रिया थालिएको र कर्णालीको विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताए । साथै, उनले आफू भ्रष्टाचार नियन्त्रणका लागि प्रतिबद्ध रहेको दोहोऱ्याउँदै संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुऱ्याइने आश्वासन दिए ।

पूर्णपाठ :