मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजना निर्माणले गति लियो

Yangle News
Yangle News
२०७९ चैत्र ३ गते
मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजना निर्माणले गति लियो

१ सय ३५ मेगावाटको मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माणले गति लिएको छ ।  हिमाली जिल्ला मनाङस्थित मर्स्याङ्दी नदीमा निर्माण भईरहेको आयोजनाको काम कोरोना संक्रमणका कारण रोकिएकोमा पुस अन्तिम साताबाट सुरु भएको हो । आगामी चार वर्षमा निर्माण सम्पन्न गर्नेगरी  नेपाली र तीन चिनियाँ कम्पनीको सहभागितामा यो  जलविद्युत आयोजना निर्माण गर्न हुन लागेको हो ।

आयोजना निर्माणका लागि बुटवल पावर कम्पनीसहित एससीआईजी इन्टरनेसनल, छिङचेङ इन्टरनेसनल र चिनियाँ लगानीकर्ता क्यूवाईसी इन्टरनेसनलले जिम्मा लिएका छन् । आयोजना निर्माणमा  ३३ अर्ब ३८ करोड लाग्ने अनुमान गरिएको छ । जसमध्ये ८० प्रतिशत ऋण लगानी रहने आयोजनाले जनाएको छ । रन अफ द रिभर प्रकृतिमा बन्न लागेको सो आयोजनाबाट वार्षिक ७ सय ६६ दशमलव ५ सय ९३ गिगावाट विद्युत उत्पादन हुने जनाइएको छ ।

आयोजनामा नेपाली साझेदार बीपीसीको २० प्रतिशत र  चिनियाँ कम्पनीको  ८० प्रतिशत लगानी रहेको छ । आयोजनाबाट वार्षिक ७५ करोड नौ लाख ४८ हजार ८ सय ७५ युनिट विद्युत उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।

 

494 views