नेपाल क्रिकेट संघ क्यानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको विषयमा छानविन गर्न असहयोग गरेको भन्दै कारबाही गर्न मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई पत्राचार गरेको छ ।
खेलकुद मन्त्रायले राष्ट्रिय खेलकुद परिषदलाई पत्र लेखेर नेपाल क्रिकेट संघ (क्यान) लाई कारबाहीका लागि आवश्यक प्रकृया अघि बढाउन निर्देशन दिएको हो । मन्त्रालयले वैशाख १४ गते राखेपलाई पत्र पठाउँदै अन्तिम पटक स्पष्टीकरण सोधी जवाफ माग गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । उक्त पत्र राखेपले प्राप्त गरिसकेको छ ।
अख्तियारमा २०८१ मंसिर ७ गते र २०८१ फागुन १२ गते परेको उजुरी सम्बन्धमा २०८१ पुस २५ गते मन्त्रालयमा सचिवस्तरको निर्णय र २०८२ भदौ ५ गते मन्त्रीस्तरीय निर्णय भई समिति गठन भई छानविन प्रक्रियाको जिम्मेवारी पाएपनि खेलकुद विकास ऐन २०७७ को दफा २८ खण्ड (च) र (ड) बमोजिम मन्त्रालय तथा परिषदबाट श्रेस्ताको जाँचबुझ गर्न सो सम्बन्धी अभिलेख उपलब्ध गराउने बाध्यात्मक व्यवस्था रहेकोमा सो कानुनी प्रावधा क्यानबाट पालना नभएको मन्त्रालयले परिषदलाई पठाएको पत्रमा उल्लेख छ ।
२०८२ वैशाख १४ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार क्यानलाई अन्तिम पटक चेतावनीसहित स्पष्टीकरण सोध्दै कारवाही किन नगर्ने र निलम्बन किन नगर्ने भनी जवाफ माग गर्न र आवश्यक प्रकृया अघि बढाउन निर्देशन दिएको छ ।
खेलकुद विकास ऐन २०७७ को दफा २९ बमोजिम क्यानलाई कारवाही गर्ने र निलम्बन गर्ने सम्मको कारवाही देखिएकोले आयोगको पत्रबमोजिम जवाफ र आवश्यक कागजात प्राप्त नभए खेलकुद ऐन २०७७ को दफा २९ बमोजिम किन कारावही नगर्ने र किन निलम्बन नगर्ने भन्ने विषयमा स्पष्ट जवाफ माग गर्दै पत्र काटिएको हो ।
पत्र :