सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

Yangle News
Yangle News
२०८० पुस २६ गते
सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

 

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।

काठमाडौँ जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा निजलाई दोषी ठहर गरी सजाय निर्धारण गरेकाले घरेलु तथा अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दद्वारा जारी विज्ञप्ति उल्लेख छ ।

जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई बुधबार आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँच लाख रुपैयाँ भराउने फैसला सुनाएको थियो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई यस्तो सजाय सुनाएको हो । यही पुस १३ गते ‘गौशाला–२६’ लाई बलात्कार गरेको अभियोगमा लामिछानेलाई अदालतले दोषी ठहर गरेको थियो ।