कटहरिया नगरपालिकाका मेयर- उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Yangle News
Yangle News
२०८१ असार २१ गते
कटहरिया नगरपालिकाका मेयर- उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजयप्रकाश र उपप्रमुख रिता देवी सहित ११ जना विरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जमुनिया बजारस्थित सामुदायिक भवन निर्माणका क्रममा १२ लाख ५२ हजार ९४१ रुपियाँ रकम भ्रष्टाचार गरेको ठहर गरेको हो ।

बौद्धिमाइ उपभोक्ता समितिलाई भए गरेको कामभन्दा बढी भुक्तानी दिएको पाइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

सो कार्यमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साह, इन्जिनियर राजेश कुमार साह, योजना शाखा प्रमुख राम नरेश प्रसाद यादव, कार्यपालिका सदस्य समिश विक्रम साह, कार्यपालिका सदस्य मनोज प्रसाद जैसवाल, इन्जिनियर मकसुद आलम, बौद्धिमाई उपभोक्ता समितिका अध्यक्ष सरोज कुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साहविरुद्ध बिगो १२ लाख ५२ हजार ९४१ रुपियाँ रकम बिगो र सजायको मागदाबी भएको आयोगले जनाएको छ ।