राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री बनेका छन्। लामिछानेले सोमबार उपप्रधान तथा गृहमन्त्रीको शपथ लिए। लामिछाने चितवन-२ बाट निर्वाचित भएका थिए।
रास्वपाले भ्रष्टाचारको मुद्दा हेर्न अधिकार सम्पन्न संयन्त्र बनाउने, शिक्षा र स्वास्थ्यमा साझा विधेयक ल्याउने, विदेशमा रहेका नेपालीहरुलाई भोटिङ राइट दिने, उद्दारका लागि संयन्त्र बनाउने, स्टार्टअपलाई विशेष कार्यक्रम बनाउनुपर्ने शर्तसहित गृहमन्त्रालयमा आफ्नो दावी पेश गरेको थियो ।
लामिछानेको दल सरकारलाई समर्थन गर्ने एमाले र सरकारको नेतृत्व गर्ने नेकपा माओवादी केन्द्रपछिको तेस्रो ठूलो दल हो ।