संविधानमाथिको निरन्तर प्रहार रोक्न गठबन्धन आवश्यक भएको हो : प्रकाशशरण महत

Yangle News
रासस
२०७९ कार्तिक १४ गते
संविधानमाथिको निरन्तर प्रहार रोक्न गठबन्धन आवश्यक भएको हो : प्रकाशशरण महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संविधानमाथिको निरन्तर प्रहार रोक्न गठबन्धन आवश्यक भएको बताएका छन्।

पूर्वी नवलपरासीमा आइतबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनले धेरै क्षेत्रमा चुनाव जित्ने बताए।

वर्तमान निर्वाचन प्रणालीका कारण पनि बहुमतको सरकार बनाउन गठबन्धन आवश्यक भएको बताउँदै महतले उत्साहपूर्वक होम्मिएर निर्वाचनमा लाग्न र गठबन्धनका सबै उम्मेदवारलाई जिताउन कार्यकर्तालाई आग्रहसमेत गरेका थिए।

‘मंसिर ४ पछि पनि गठबन्धनले निरन्तरता पाउँछ, गठबन्धनको सरकार बन्छ त्यसपछि देशले नयाँ राजनीतिक बाटो समात्छ’, उनले भने।