सुनचाँदी कला व्यवसायी संघको केन्द्रीय अध्यक्षमा रिजाल निर्वाचित

Yangle News
Yangle News
२०८० बैशाख ३१ गते
सुनचाँदी कला व्यवसायी संघको केन्द्रीय अध्यक्षमा रिजाल निर्वाचित

नेपाल सुनचाँदी कला व्यवसायी संघको केन्द्रीय अध्यक्षमा घनस्याम रिजाल निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको २१ औं साधारणसभा तथा नवौं अधिवेशनले च्छोरोल्पा गोल्ड एण्ड  सिल्भर ज्वेलर्स दोलखाका प्रोपाईटर रिजाललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

साधारणभाले आगामी तीन वर्षका लागि १९ सदस्सीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

संघको प्रथम उपाध्यक्षमा काठमाडौंका विष्णुभक्त बराईली र द्वितिय उपाध्यक्षमा धादिङका सानुबाबु बराईली निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता भोजान लाम्गादेले जानकारी दिएका छन् ।

महासचिवमा काठमाडौंका बाल कुमार विश्वकर्मा, सचिवमा सुनसरीका प्रेम बहादुर विश्वकर्मा, कोषाध्यक्षमा काठमाडौंका श्याम कुमार विश्कर्मा र सहकोषाध्यक्षमा धादिङका सुदिप रसाईली निर्वाचित भएका छन् ।

साधारणसभाले सदस्यहरुमा सुर्य कुमार बराल, दिपक धनुके,  कृष्ण गहतराज,  तिलक बहादुर विश्वकर्मा र देव बहादुर विश्वकर्मा निर्वाचित भएको छ । त्यस्तै नविन रसाईली, दिपेन्द्र विश्वकर्मा,  केदारनाथ सुनार गहतराज,  मानबादुर विश्वकर्मा, पम्फा श्रेष्ठ,  राजिन बराईली, दुर्गा बिक,  अर्जुन विश्वकर्मा र देवी गौतम गहतराज समेत सदस्यमा निर्वाचित भएका छन् ।

देशभर शाखा रहेको संघका १ हजार भन्दा बढी सदस्य छन् । निवर्तमान अध्यक्ष केसर विश्वकर्माले नवनिर्वाचित अध्यक्षलाई शनिवार नै पदभार हस्तान्तरण गरे ।

नवननिर्वाचित अध्यक्ष रिजालले व्यवसायिक हकहित प्रवद्र्धन, ग्राहक सचेतना, कालीगढको सिप तथा कला अभिवृद्धिमा जोड दिने बताए । त्यस्तै सुनचाँदीमा मूल्यअभिवृद्धि गरी निर्यातको लागि पहल गर्न सरकारसँग समन्वय गर्ने उनले बताए ।

384 views