सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित भएको छ । आन्दोलनकारीले मंगलबार गरेको आगजनीमा अदालतका मिसिल, सर्भर र इजलास समेत जलेर नष्ट भएपछि आजदेखि अनिश्चितकालका लागि सेवा स्थगित गरिएको हो ।
सर्वोच्चले सूचना जारी गर्दै आजलाई पेशी तोकिएका मुद्दाको सुनुवाइ स्थगित भएको जनाएको छ । यसैगरी, भोलिदेखि पेसीमा रहेका मुद्दाहरूको सुनुवाइ पनि अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको हो । आन्दोलनकारीले मंगलबार सर्वोच्च अदालतसहित, जिल्ला अदालत, महान्यायाधीवक्ताको कार्यालय, सिंहदरबार र संसद् भवनलगायत सरकारी भवनमा आगजनी गरेका थिए ।
सूचना :