काठमाडौंमा शनिबार सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेलाडी अक्सनबाट आठ फ्रेन्चाइज टोलीले ३७ खेलाडी अनुबन्ध गरेका छन् । अक्सनका लागि १ सय ६४ खेलाडीको सूची रहेकामा टोलीहरूले आवश्यकता अनुसार खेलाडी छनोट गर्दै अनुबन्ध गरेका हुन् ।
अब दोश्रो दोस्रो सिजनको एनपीएलका लागि विदेशी खेलाडीको टुंगो लाग्न मात्र बाँकी छ । अक्सनमा सबैभन्दा धेरै खर्च गर्ने टोली चितवन राइनोज रह्यो । जसले ३९ लाख रुपैयाँ लगानी गर्दै ओपनर देव खनाल र अर्जुन साउदलाई समान १५-१५ लाखमा अनुबन्ध गर्यो । चितवनसँग १९ लाख रुपैयाँ बाँकी रहेको छ ।
काठमाडौं गुर्खाजले ३७ लाख खर्च गर्दै उत्तम थापामगर, तिलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र अदिल आलम अन्सारीलाई अनुबन्ध गर्यो । टोलीको पर्समा अब ६ लाख मात्र बाँकी छ, जुन सबैभन्दा कम हो ।
सबैभन्दा कम खर्च गर्ने पोखरा एभेन्जर्सले ११ लाख रुपैयाँमा अभिषेक तिवारी, अर्जुन कुँवर, कृष्ण पौडेल र सन्दीप खत्री छेत्रीलाई भित्र्यायो । पोखरासँग २५ लाख ५० हजार रुपैयाँ बाँकी छ, जुन सबैभन्दा धेरै हो ।
विराटनगर किंग्सले २७ लाखमा सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर रानालाई अनुबन्ध गर्दै पर्समा १८ लाख ५० हजार राख्यो । लुम्बिनी लायन्सले ३२ लाख खर्च गर्दै दिलीप नाथ, विशाल पटेल, शेर मल्ल, अदिल खान र दुर्गेश गुप्तालाई भित्र्यायो । उसको बाँकी रकम १३ लाख २५ हजार रहेको छ ।
यस्तै, साबिक विजेता जनकपुर बोल्ट्सले १९ लाख ७५ हजारमा सचिन भट्ट, आदित्य महतो, मयन यादव र विकाश अग्रीलाई भित्र्यायो । जनकपुरसँग पनि लुम्बिनी सरह १३ लाख २५ हजार बाँकी छ । कर्णाली याक्सले २९ लाख खर्च गर्दै पवन सर्राफ, इमरान शेख, दीपक पुन र युवराज खत्रीलाई अनुबन्ध गर्यो । उसँग बाँकी रकम १८ लाख छ ।
त्यसैगरी, साविक उपविजेता सुदूरपश्चिम रोयल्सले २४ लाख खर्च गर्दै हेमन्त धामी, टेकबहादुर रावत, दिपेन्द्र थापा, दीपक बोहरा र मिलन बोहरालाई टोलीमा भित्र्यायो । बाँकी रकम १७ लाख ५० हजार छ ।
अक्सनपछिको टोली:
जनकपुर बोल्ट्सः आसिफ शेख, अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर, रुपेश सिंह, सचिन भट्ट, आदित्य महता, मयन यादव, विकाश आग्री ।
सुदूरपश्चिम रोयल्सः दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे, नरेन साउद, हेमन्त धामी, टेकबहादुर रावत, दिपेश थापा, दिपक बोहरा र मिलन बोहरा ।
कर्णाली याक्सः सोमपाल कामी, गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, बिपिन प्रसाद शर्मा, युनिशविक्रमसिंह ठकुरी, पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्री ।
चितवन राइनोजः कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला, गौतम केसी, देव खनाल, अर्जुन साउद, बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमार ।
काठमाण्डु गोर्खाजः करण केसी, भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ, राशिद खान, उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदिल आलम ।
विराटनगर किङ्सः सन्दीप लामिछाने, लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी, सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, शर्वन किस्कु र शंकर राना ।
पोखरा एभेन्जर्सः कुशल भुर्तेल, दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द, तृतराज दास, अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल, सन्दीप खत्री क्षेत्री ।
लुम्बिनी लायन्सः रोहित पौडेल, सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम, दिनेश अधिकारी, दिलिप नाथ, विशाल पटेल, शेर मल्ल, दुर्गेश गुप्ता र आदिल खान ।