प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नि सीता दाहालको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । त्यसअघि उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि पेरिसडाँडास्थित पार्टि कार्यालयमा राखिएको थियो । उनको पार्थिव शरिरमा प्रधानमन्त्री दाहाल र दुई छोरीहरुले दागबत्ती दिएका थिए ।
लामो समययता बिरामी भएर थलिएकी उनको ६९ वर्षमा काठमाडौँको नर्भिक अस्पताल मृत्यु भएको हो । पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी) सँग घरमै बसेर जुधिरहेकी उनलाई आज बिहान आठ बजे अचेत अवस्थामा अस्पताल पुर्याईएको थियो । त्यसको करिब आधा घण्टामा उनको निधन भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।
प्रधानमन्त्री पत्नी सीता २०७४ सालमा छोरा प्रकाश दाहालको आकस्मिक निधनपछि विभिन्न शारीरिक तथा मानसिक समस्यासँग लड्दै आएकी थिइन । त्यसअघि उनकी उक छोरीको क्यान्सरका कारण मृत्यु भएको थियो ।
यसैबिच राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएका छन् । राष्ट्रपति पौडेलले आज बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरि दुःख व्यक्त गरेका हुन् ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह , नेपाली कांग्रेस पार्टी र सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पत्नीको निधनमा दुख व्यक्त गरेका छन् । मोदीले ट्विटरमार्फत सीता दाहालप्रति श्रद्धाञ्जली र दाहालको परिवारमा समवेदना प्रकट गरेका छन् ।