माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्।
उनलाई राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री नियुक्त गरेकी हुन्।
एमाले, माओवादीसहित सात दलको समर्थनमा प्रचण्ड संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन्।
उनलाई एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राप्रपा र जसपाका सांसदहरूको समर्थनमा माओवादी अध्यक्ष दाहाल तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका हुन्।
साथै स्वतन्त्र सांसदहरू प्रभु साह, किरणकुमार साह र डा. अमरेशकुमार सिंहले पनि प्रचण्डलाई समर्थन दिएका छन्। यससँगै प्रचण्डका लागि १६९ सांसदको समर्थन हासिल भएको छ।
उनी यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका थिए ।
सत्ता गठबन्धनमा नेपाली कांग्रेससँग सहमति नभएपछि आइतबार मात्रै एमालेलगायत दलसँग गठबन्धन गर्दै प्रचण्ड मुलुकको ४४ औं प्रधानमन्त्री भएका हुन्।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबी साढे २, साढे २ वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएसँगै दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।
नवनियुक्त प्रधानमन्त्री दाहालले भोलि (सोमबार) दिउँसो ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथग्रहण गर्ने छन्।