न्युजिल्याण्डसँग पाकिस्तान ९ विकेटले पराजित

Yangle News
Yangle News
२०७९ अशोज २५ गते
न्युजिल्याण्डसँग पाकिस्तान ९ विकेटले पराजित

न्युजिल्याण्डले तिन देश सहभागि टी-२० ट्राइ सिरिजमा पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ। न्युजिल्याण्ड सहित पाकिस्तान, र बंगलादेश सहभागि ट्राइ सिरिजमा पाकिस्तानले तेस्रो खेलमा पहिलो हार ब्यहोरेको हो।

घरेलु टोली विरुद्ध क्राइस्टचर्चमा टस जितेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर  १ सय ३० रन बनाएको थियो। जवाफमा न्युजिल्याण्डले उक्त लक्ष्य २३ बल बाँकी हुँदै १ विकेट गुमाएर पुरा गर्‍यो।

१ सय ३१ रनको सामान्य लक्ष्य पछ्याएको न्युजिल्याण्डका लागि ओपनर फिन एलन र डेभन कनवेले सानदार ब्याटिङ गर्दै टिमको जित निश्चित गरेका थिए। उनीहरुले पहिलो विकेटका लागि १ सय १७ रनको साझेदारी गरे। एलन ४२ बलमा ६२ रन बनाएर आउट हुँदा कनवे ४९ रन बनाएर नटआउट रहे। त्यस्तै, कप्तान केन विलियमसन ९ रनमा अविजित रहेका थिए।

त्यसअघि पहिलो ब्याटिङ गरेको पाकिस्तानका लागि आसिफ अलीको २५ रन बनाउँदा मोहम्मद रिजवानले १६ रन तथा कप्तान बाबर अजामले २१ रन बनाए। त्यस्तै इफ्तिखर अहमेदले २७ रन जोड्दा सन मसुदले १४ रन बनाएका थिए। उसका अन्य ब्याट्सम्यानले दोहोरो रनको स्कोर बनाउन सकेन्। पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा न्युजिल्याण्डका टिम साउदी, मिचेल स्यान्टनर र माइकेल ब्रसवेलले समान २-२ विकेट लिएका थिए। सिरिजमा पाकिस्तान र न्युजिल्याण्डले समान २-२ जित निकाल्दा बंगलादेश जितविहिन छ।

1,083 views