फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई पराजित गर्दा मेस्सीले उत्कृष्ट प्रदर्शन गरे । अर्जेन्टिनाको २-१ को जितमा सुरुवाती गोल गरेका मेस्सीले थुप्रै अवसर पनि सिर्जना गरेका थिए ।
करिअरको १ हजारौं खेलमा मेस्सीले जादुयी प्रदर्शन गर्दा दुईपल्टको विश्व च्याम्पियन अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
मेस्सीले करिअरको १००० औं खेल खेले। मेसीले १ हजार खेलको कोशेढुंगा पार गरेको यो खेलमा अर्जेन्टिनाका लागि कप्तानी गरेको १०० औं खेलमा पनि थियो ।
लियोनेल मेस्सी आफ्नो व्यावसायिक फुटबल करिअरको हजारौं खेलमा प्लेयर अफ दि म्याच पनि चुनिएका हुन् ।
देशका लागि १६९ खेल खेलिसकेका मेसीले अन्तर्राष्ट्रिय गोल संख्या ९४ पुर्याएका छन्। गएराति अस्ट्रेलियाविरूद्ध एक गोल गरेसँगै विश्वकपमा मेसीको गोल संख्या ९ पुगेको छ ।
क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सको सामना गर्नेछ ।