ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न काठमाण्डौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालतले आज यो प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सो प्रकरणमा हालसम्म २२ जना पक्राउ परिसकेका छन् ।