प्रिमियम तथा नवप्रवर्तनशील टायल उत्पादनमा अग्रणी ब्रान्ड कजारियाले पूर्वी नेपालमा आफ्नो उपस्थितिलाई थप सुदृढ गर्दै विराटनगरको मुनालपथमा नयाँ विशेष शोरूमको उद्घाटन गरेको छ । न्यु ज्योति ट्रेडर्सद्वारा सञ्चालित शोरूमले विराटनगर तथा आसपासका क्षेत्रहरूमा गुणस्तरीय टायलको बढ्दो मागलाई सम्बोधन गर्दै ग्राहकहरूलाई आधुनिक र आकर्षक खरिद अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।
उद्घाटन समारोहमा उद्योग क्षेत्रका प्रतिनिधि, विशिष्ट अतिथि तथा स्थानीय उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीको उपस्थितिले क्षेत्रीय औद्योगिक विकासको महत्वलाई थप उजागर गर्यो । साथै, मिस नेपाल वर्ल्ड २०२५ लुना लुइटेल र मिस नेपाल अर्थ २०२५ सोनी घलेको विशेष उपस्थितिले समारोहलाई अझ आकर्षक र गरिमामय बनाएको थियो । कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले रिबन काटेर शोरूमको औपचारिक उद्घाटन गरेका थिए ।
समारोहलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले कजारियाको लगानी र क्षेत्रीय विकासमा पुर्याएको योगदानको प्रशंसा गरे । उनले भने, ‘कजारियाजस्ता प्रतिष्ठित ब्रान्डहरूको कोशी प्रदेशमा विस्तार हुनु नेपालका उद्योग तथा निर्माण क्षेत्रप्रति बढ्दो विश्वासको संकेत हो । यस्ता पहलहरूले उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउनुका साथै स्थानीय रोजगारी र आर्थिक वृद्धिमा समेत योगदान पुर्याउँछन् । प्रदेश सरकार जिम्मेवार र दिगो औद्योगिक विस्तारलाई प्रोत्साहन गर्न प्रतिबद्ध छ ।’
त्यसैगरी, कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले नेपालप्रति कजारियाको दीर्घकालीन प्रतिबद्धताबारे प्रकाश पारे । उनले भने, ‘कजारिया सधैं उच्च गुणस्तर, नवीन डिजाइन र भरपर्दो समाधान प्रदान गर्न केन्द्रित रहँदै आएको छ । विराटनगरमा नयाँ शोरूमको उद्घाटन पूर्वी नेपालका ग्राहकहरूसम्म हाम्रो विश्वस्तरीय टायल संग्रह अझ नजिक पुर्याउने महत्वपूर्ण कदम हो । यस विस्तार यात्रामा न्यु ज्योति ट्रेडर्ससँग सहकार्य गर्न पाउँदा हामी गर्व महसुस गर्छौं ।’
विराटनगरको केन्द्रमा रणनीतिक रूपमा अवस्थित यस नयाँ शोरूममा कजारियाका प्रिमियम टायलहरूको विस्तृत र आकर्षक संग्रह प्रदर्शन गरिएको छ । यहाँ ग्राहकहरूले आवासीय, व्यावसायिक तथा वास्तुकलासम्बन्धी प्रयोजनका लागि उपयुक्त विभिन्न डिजाइनहरू आधुनिक र ग्राहकमैत्री वातावरणमा अवलोकन तथा छनोट गर्न सक्नेछन् ।
कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ । अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३,००० भन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ, जसले आन्तरिक सजावटलाई अझ आकर्षक र दिगो बनाउँछ ।
हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमको सशक्त सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०×१२० से.मी., ६०×६० से.मी., १९.५×१२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०×४० से.मी.) तथा सेरामिक वाल टायल (३०×६० से.मी., ३०×४५ से.मी.) समावेश छन् । यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन् ।
विराटनगर शोरूमको उद्घाटन कजारियाको हरेक क्षेत्रसम्म विश्वस्तरीय टायल पहुँच पुर्याउने लक्ष्यतर्फको अर्को महत्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ । यसले नेपालको निर्माण तथा आन्तरिक सजावट उद्योगमा कजारियाको अग्रणी भूमिकालाई अझ सुदृढ बनाउने कम्पनीको विश्वास छ ।