काठमाडौंमा आज शैक्षिक हड्ताल गर्ने संगठनको माग के हो ?

Yangle News
Yangle News
२०८२ पुस ७ गते
काठमाडौंमा आज शैक्षिक हड्ताल गर्ने संगठनको माग के हो ?

काठमाडौं उपत्यकाका अधिकांश विद्यालय आज बन्द भएका छन् । उपत्यकाका विद्यालयले विद्यार्थी र अभिभावकलाई सूचना पठाएर आज विद्यालय बन्द रहने जानकारी दिएका छन् ।

जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक हड्ताल घोषणा गरेकाले विद्यालय बन्द भएका हुन् । नेकपा जनपक्ष पार्टीनिकट विद्यार्थी संगठन जनपक्षीय विद्यार्थी युनियन, नेपालले विभिन्न १८ बुँदे माग राखेर हड्तालको घोषणा गरेको छ । युनियनले विद्यालयले उठाउँदै आएको शूल्कमा ५० प्रतिशत घटाउनुपर्ने, माध्यमिक तहसम्म निःशुल्क शिक्षा पूर्णरूपमा लागु हुनुपर्ने माग गरेको छ ।

अन्य मागमा सरकारी विद्यालयमा अंग्रेजी र राष्ट्रिय भाषामा पठनपाठन गराउनुपर्ने, कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई मासिक ५०० रुपैयाँ विद्यार्थी भत्ता उपलब्ध गराउनुपर्ने युनियनको माग छ ।

युनियनले कलेज तहमा अध्ययन गर्ने इच्छुक सबै विद्यार्थीलाई अध्ययनसँगै स्वरोजगार हुने वातावरण सिर्जना गर्न सरकार जमानी बसेर प्रत्येकलाई न्यूनतम १० लाख रुपैयाँसम्मको सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्नेलगायत माग राख्दै शैक्षिक हड्ताल घोषणा गरेको हो ।

Yangle News