अब ह्वाट्सएपमा ‘भ्यु वन्स’ म्यासेजको स्क्रिनसट लिन नमिल्ने

Yangle News
Yangle News
२०७९ माघ १० गते
अब ह्वाट्सएपमा ‘भ्यु वन्स’ म्यासेजको स्क्रिनसट लिन नमिल्ने

अक्टोबर २०२२ मा, ह्वाट्सएपले बीटा प्रयोगकर्ताहरूका लागि एक सुविधा सुरु गरेको थियो जसले प्रयोगकर्ताहरूलाई ‘भ्यु वन्स’ मेसेजमा फोटो र भिडियोहरूको स्क्रिनशट लिनबाट नमिल्ने बनाएको थियो । अहिले ह्वाट्सएपले यो फिचरमा सुधार गर्दै प्रयोगकर्तालाई स्क्रिनसट लिन वा स्क्रिन रेकर्डिङ सफ्टवेयर प्रयोग गर्न वञ्चित गरिरहेको छ ।

गुगल पे र स्न्यापच्याट जस्ता एप्सहरुमा  प्रयोगकर्ताले  लेनदेन र स्न्यापको फोटो वा भिडियोको स्क्रिनसट मिल्दैन। ह्वाट्सएपले पनि अब ‘भ्यु वन्स’ प्रयाेग गरेर पठाइएको कुनै पनि मेसेज स्क्रिनसट वा रेकर्ड गर्ने प्रयास गरेमा स्क्रिन ब्ल्याक हुने जनाएको छ ।

साथै, प्रयोगकर्ताहरूले ‘भ्यु वन्स’ फिचर प्रयाेग गरी पठाइएको वा प्राप्त गरिएको कुनै पनि मेसेजहरु सेयर, स्टार, सेभ वा फरवार्ड गर्न मिल्दैन। यदि तपाईले  ‘भ्यु वन्स’ फिचर प्रयोग गरेर कुनै फाेटो तथा भीडियो पठाउनुभयो भने ति फाेटो तथा भीडियो प्राप्तकर्ताको फोन वा डेस्कटपमा सेभ हुने छैनन् ।

यदि तपाईंले ह्वाट्सएपको पुरानो भर्सन प्रयाेग गरिरहेको व्यक्तिलाई ‘भ्यु वन्स’ मेसेज पठाउनुभयो भने उनीहरूले अझै पनि मेसेजको स्क्रिनसट लिन सक्दछन्। ह्वाट्सएपले  प्रयोगकर्ताहरूलाई अझै पनि मानिसहरूले बाह्य क्यामेरा वा अन्य कुनै उपकरणप्रयोग गरेर मिडिया रेकर्ड वा स्क्रिनसट  गर्न सक्ने भएकोले आफूले विश्वास गर्ने व्यक्तिहरूलाई मात्र ‘भ्यु वन्स’ फिचर प्रयोग गरी फोटो वा भिडियोहरू पठाउन आग्रह गरेको छ ।