नवनियुक्त सभामुख अर्यालले लिए पद तथा गोपनीयताको शपथ

Yangle News
Yangle News
२०८२ चैत्र २२ गते
नवनियुक्त सभामुख अर्यालले लिए पद तथा गोपनीयताको शपथ

सभामुख डोलप्रसाद (डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सभामुख अर्यालले शपथ लिएका हुन् ।​

अर्याल आजै सभामुख पदमा निर्विरोध निर्वाचित बनेका थिए । आजै बसेको प्रतिनिधिसभा बैठकमा अर्याललाई सभामुख चयन गरियोस् भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक, पूर्वाधार तथा यातायातमन्त्री एवं शहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गरेका थिए । अर्यालको प्रतिस्पर्धामा कुनै दलले उम्मेदवार नदिएपछि उनी सभामुख निर्विरोध निर्वाचित भएका हुन् ।

नवनिर्वाचित सभामुख अर्यालले सदनको मर्यादा कायम हुनेगरी भूमिका निर्वाह गर्ने बताएका छन् । आज संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान र कानुनको पालना गर्दै सदनको मर्यादा कायम हुनेगरी भूमिका निर्वाह गर्ने बताएका हुन् । उनले आफ्नो भूमिका निष्पक्ष हुनेसमेत बताए ।