यस वर्षको प्रतिष्ठित ‘ग्लोबल हिरो अवार्ड’ दश नेपालीले पाउने भएका छन् ।
जुलाई २७ मा अमेरिकाको न्युयोर्क सहरमा ग्लोबल नेपालीद्वारा आयोजित समारोहमा यो अवार्ड प्रदान गरिनेछ । राप्रपा नेता ज्ञानेन्द्र शाही र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको मात्रै नाम चर्चामा रहे पनि वास्तवमा यो अवार्ड १० जना नेपालीले पाउँदैछन् ।
‘ग्लोबल हिरो अवार्ड’ गायिका आनी छोइङ डोल्मा, कुलमान घिसिङ, ज्ञानेन्द्र शाही, गायक सञ्जय श्रेष्ठ, महिला फुटबलर सावित्रा भण्डारी (साम्बा)ले अवार्ड पाउँदैछन् ।
‘ग्लोबल हिरो अवार्ड’ पाउने अन्यमा लेखक तथा समाजसेवी पासाङ शेर्पा, अध्यागमन अधिवक्ता, केशवराज सेडाईं, पत्रकार ऋषि धमला, आन्टरप्रेनर पासाङ लामा र संस्थातर्फ अधिकार रहेको छ ।
ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आ-आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मानमा यो अवार्ड प्रदान गर्दै आएको छ ।