मंसिर ४ पछि एमालेको बहुमतको सरकार बन्छ : ओली

Yangle News
रासस
२०७९ कार्तिक २८ गते
मंसिर ४ पछि एमालेको बहुमतको सरकार बन्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को चुनावपछि एमालेको बहुमतको सरकार बन्ने बताएका छन्।

आइतबार सुर्खेतमा आयोजित निर्वाचन सभालाई सम्बोधन गर्दै उनले यस पटकको निर्वाचन सामान्य अवस्थाको जस्तो सरकार बनाउनका लागि मात्रै नभएको बताए।

मंसिर ४ को निर्वाचनबाट देश बचाउने शक्तिलाई ल्याउन जनता सचेत हुनुपर्छ भन्दै उनले देशको सार्वभौमसत्ता जोगाउने बलियो राष्ट्रिय शक्ति बनाउन जरुरी रहेको बताए।

सबै शक्ति मिलेर एमालेलाई सिध्याउने प्रयास गरे पनि त्यो सफल हुन नसकेको भन्दै सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा बोकेको पार्टीलाई जनताको ठूलो साथ रहेको ओलीको भनाइ थियो।

297 views