राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई थप आधुनिक सैन्य उपकरण दिने बताएका छन् । डोनाल्ड ट्रम्पले युक्रेनमा पठाइने हतियारको संख्या खुलाएका छैनन् ।
उनले भने, ‘हामी युक्रेनलाई आवश्यक पर्ने हतियार पठाउनेछौं ।’ डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको हालैको छलफलप्रति निराशा व्यक्त गरेका छन् । त्यसपछि ट्रम्पले युक्रेनलाई थप हतियार दिने घोषणा गरेका हुन् ।
ट्रम्पले भने,‘पुटिनले धेरै मानिसलाई साँच्चै चकित पारेका छन् । उनी राम्रा कुरा भन्छन् र साँझ सबैमाथि बम खसाल्छन् । त्यसैले त्यो अलि समस्या हो । मलाई यो मन पर्दैन ।’