युक्रेनका प्रधानमन्त्री डेनिस सामियलले सन् २०२३ मा युक्रेनले गर्ने कामहरूको प्राथमिकता तोकेका छन् । उनले युक्रेनले आगामी वर्षमा गर्ने कामहरूका १० ओटा प्राथमिकता तोकेको समाचारमा जनाइएको छ ।
ती प्राथमिकतामध्ये प्रधानमन्त्री सामियलले युक्रेन युरोपियन युनियनमा सहभागी हुने देखि लिएर नेटोको सदस्यता लिनेसम्मका योजना बनाएका छन् ।
उनले आगामी वर्ष युक्रेनको विजयको वर्ष हुने पनि बताएका छन् । ऊर्जा, देशको आर्थिक क्षेत्रको विकास र विस्तार तथा युद्धमा युक्रेनका तर्फबाट लडेका योद्धाहरूलाई सम्मान गर्ने काम पनि यसै वर्ष गरिनेछ।
साथै, सार्वजनिक प्रशासनमा सुधार, शिक्षाको विकास र विस्तार देशका ऊर्जाको विकास र विस्तार लगायतका कार्यक्रमहरू यस वर्षमा गरिने कार्यक्रम छ ।
युक्रेनमा गत फेब्रुअरी महिनादेखि रुसले निरन्तर रूपमा हमला गरिरहेको छ । हतियारका माध्यमबाटै गरेको आक्रमणले युक्रेनको राजधानी किभलगायतका कैयौँ सहरका संरचनामा क्षति पुगेको छ।