जापानमा जनसंख्या बढाउन दोब्बर रकम खर्च गरिँदै, जन्मदरमा ऐतिहासिक गिरावट

Yangle News
Yangle News
२०७९ फाल्गुन १७ गते
जापानमा जनसंख्या बढाउन दोब्बर रकम खर्च गरिँदै, जन्मदरमा ऐतिहासिक गिरावट
Newborn

सरकारी तथ्यांकअनुसार गत वर्ष जापानमा आठ लाखभन्दा कम बालबालिका जन्मिएका थिए । कुनै एक वर्षमा यति थोरै बच्चा जन्मिएको सय वर्षमा पहिलो पटक भएको हो ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशको जन्मदर तीव्र गतिमा घट्दै गएको बताउदै जन्मदरमा आएको ऐतिहासिक गिरावटले देश एउटा सामाजिक सन्तुलन कायम गर्न असफल भएको बताए । जन्मदर घट्ने समस्या विकसित देशहरूमा सामान्य छ भने जापानमा यो समस्या बढी गम्भीर छ । पछिल्लो समय जापानीहरुको औसत उमेर बढेको छ । यसको अर्थ वृद्धवृद्धाको संख्या निरन्तर बढिरहेको छ भने उनीहरुको हेरचाह गर्न सक्ने काम गर्ने उमेरसमूहको संख्या कम छ । विश्व बैंकको तथ्यांकअनुसार जापानमा मोनाकोपछि विश्वमा सबैभन्दा बढी वृद्ध जनसंख्या रहेको छ ।

जनसङ्ख्याको ठूलो हिस्सा सेवानिवृत्त हुने र काम गर्ने जनसङ्ख्या घट्ने अवस्थामा कुनै पनि देशका लागि अर्थतन्त्रको गति र सन्तुलन कायम गर्न जटिल मानिन्छ । जापानले सामना गरिरहेको समस्यालाई ध्यानमा राखेर प्रधानमन्त्री किशिदाले सरकारले जन्मदर प्रबर्ध्दनका लागि सञ्चालित कार्यक्रममा खर्च हुने रकम दोब्बर बनाउने घोषणा गरे । यो रकम बालबालिकाको पालनपोषणमा सहयोग पुग्ने कार्यक्रमहरुमा खर्च गरिनेछ ।
यसको अर्थ यस क्षेत्रमा जापानी सरकारको खर्च कुल ग्रार्हस्थ्य उत्पादन ९जीडीपी० को करिब चार प्रतिशतले बढ्नेछ । जापान सरकारले विगतमा पनि यस्ता रणनीति अपनाए पनि अपेक्षित नतिजा आउन सकेको छैन । जापानमा एउटी महिलाले औसतमा १।३ बच्चा जन्माउँछिन् । यस सन्दर्भमा, जापान सबैभन्दा कम दर भएका देशहरूमा पर्छ ।

Yangle News

 

जापान सरकारले आप्रवासीका माध्यमबाट यो समस्या समाधान गर्न भने नचाहेको स्पष्ट गरिसकेको छ । आफ्नै नागरिकमा रकम लगानी गरेर समस्या समाधान गर्ने प्रधानमन्त्रीको लक्ष्य छ । त्यसैका लागि प्रधानमन्त्री किशिदाले ुबाल हेरचाहु लाई सहयोग गर्ने कार्यक्रमहरूमा सरकारको खर्च दोब्बर गर्ने योजना बनाएका छन् । तर सिंगापुरको नेशनल युनिभर्सिटीका ली कुआन यू स्कूल अफ पब्लिक पोलिसीका विद्वान पोह लिन तान भन्छन्, कि सिंगापुर जस्ता अन्य एसियाली देशहरूमा जन्मदर बढाउन रकम खर्च गर्ने नीतिले काम गर्न सकेको छैन ।

सिंगापुर पनि सन् १९८० को दशकयता घट्दो जन्मदरको समस्यासँग जुधिरहेको छ । सन् २००१ मा त्यहाँको सरकारले जन्मदर बढाउन आर्थिक सुविधाको प्याकेज घोषणा गरेको थियो । सोही प्याकेज अन्तर्गत त्यहाँ अहिले पनि तलबी सुत्केरी बिदा दिइने पोहको भनाइ छ । बाल हेरचाहको लागि अनुदान दिइन्छ । कर छुट र अन्य सहुलियतहरू उपलब्ध छन् । कर्मचारीलाई उचित सुविधा दिने कम्पनीले नगद उपहार र अनुदान पाउँछन् । उनी भन्छिन्, ‘यी सबै प्रयासका बाबजुद पनि जन्मदर घट्दै गएको छ ।

जापान र सिंगापुरमा मात्रै जन्मदर घटेको छैन । दक्षिण कोरिया, ताइवान, हङकङ र चीनको सांघाई जस्ता उच्च आय भएका सहरहरू घट्दै गएका छन् ।

 

 

 

431 views