नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेश गरिएको छ।
एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, जनमत पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टीसहितका दलका नेताहरू अहिले राष्ट्रपति कार्यालय शीतल निवासमा छन्।
राष्ट्रपति कार्यालयले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्तावसहित प्रतिनिधिसभाका बहुमत सदस्यहरूको पत्र दर्ता भएको जानकारी दिएको छ।
नयाँ सरकार गठनको समयसीमा ५ बजेभित्रमा राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्ने तयारी गरेको छ।