कांग्रेसले संसद बैठक आह्वान गर्न सभामुखसँग छलफल गर्ने

Yangle News
Yangle News
२०८३ भदौ १५ गते
कांग्रेसले संसद बैठक आह्वान गर्न सभामुखसँग छलफल गर्ने

काठमाडौं । नेपाली कांग्रेसले छिटोभन्दा छिटो संसदको बैठक आह्वान गर्न सभामुखसंग छलफल गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले विपद्का बेला भइरहेका सरकारी तथा गैरसरकारी कामकारबाहीबारे आम जनतालाई स्पष्ट जानकारी दिन सदन तत्काल सञ्चालन हुनुपर्ने निष्कर्ष निकाल्दै सदन सूचारु गर्न सभामुखसंग छलफल गर्ने निर्णय गरिएको प्रमुख सचेतक बासना थापाले जानकारी दिनुभयो ।

जिल्ला तथा गाउँ–गाउँमा रहेका धेरै बेपत्ताका घटनाहरू सांसदहरूमार्फत सदनमा उठान हुने र समाधानका उपाय पहिल्याउन सहज हुने उहाँले बताउनुभयो । बैठकले राहत कार्यमा सहयोग पुर्याउन पार्टीका सवै सांसदहरुले आफ्नो आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ भने अत्यावश्यक पूर्वाधारको तत्काल पुनर्निर्माण गरी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन आग्रह गरिएको प्रमुख सचेतक थापाले जानकारी दिनुभयो ।

Yangle News

त्यस्तै कांग्रेस सचेतक निश्कल राईले वास्तविक पीडित र आवश्यक परेका मानिसहरूले राहत पाउन नसकेको र राहत सामग्री एकै ठाउँमा थुप्रिने तर वितरण प्रणाली प्रभावकारी हुन नसकेको बताउनुभयो । सरकारको एकद्वार प्रणालीमा स्थानीय तहसँग पर्याप्त समन्वय नभएको उहाले बताउनुभयो ।

साथै सचेतक राईले शव व्यवस्थापन अत्यन्तै संवेदनशील र जटिल विषय भएको तर आवश्यक उपकरणको अभाव रहेको उल्लेख गर्नुभयो ।

Yangle News

पीडित परिवारको पीडा र परम्परागत संस्कारलाई ध्यानमा राखी सुरक्षित र मर्यादित व्यवस्थापनका लागि विज्ञहरूसँग सल्लाह लिएर अघि बढ्न सरकारसँग आग्रह गरिने उहाँको भनाइ छ ।