मिस नेपाल वर्ल्ड २०२५ को उपाधि लुना लुइँटेलले जितेकी छन् । शनिबार (भदौ १४) ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित फाइनलमा २६ प्रतिस्पर्धीमध्येबाट उनी विजेता बनेकी हुन् ।
प्रतियोगितामा उरुषा भण्डारी दोस्रो र सोनी घले तेस्रो भए । अर्थात्, मिस नेपाल इन्टरनेसनल २०२५ को उपाधि भण्डारीले जितिन् । मिस नेपाल अर्थको उपाधि घलेले चुमिन् ।
मिस कोस्मो २०२५ को उपाधि दीपशिखा नेपालले जितेकी आयोजक संस्था द हिडन ट्रेजरले जनाएको छ ।