लुम्बिनीको विकासका लागि सरकारले ठोस योजना ल्याउँदै छ : प्रधानमन्त्री दाहाल

Yangle News
Yangle News
२०८० बैशाख २२ गते
लुम्बिनीको विकासका लागि सरकारले ठोस योजना ल्याउँदै छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनीको विकासका लागि सरकार अब ठोस योजनाका साथ अघि बढ्ने बताएका छन् ।

उनले लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्राममा रहेका ऐतिहासिक र पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण र त्यस क्षेत्रको दिगो विकास गर्दै बृहत्तर लुम्बिनी क्षेत्रको रुपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

२५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आज लुम्बिनीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले बृहत्तर लुम्बिनी क्षेत्रको रूपमा लुम्बिनीलाई विकास गर्न आफूले विगतमा संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनसँग छलफल गरेको बताए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशभित्र बृहत् लुम्बिनी सर्किटको सम्भावना भएर पनि अगाडि बढ्न नसकेको बताए ।

 

346 views