ग्लोबलको कार्डले भाटभटेनीमा किस्ताबन्दीमा सामान पाइने

Yangle News
Yangle News
२०८३ जेष्ठ २५ गते
ग्लोबलको कार्डले भाटभटेनीमा किस्ताबन्दीमा सामान पाइने

भाटभटेनी सुपर मार्केटमा १५ हजार वा सो भन्दा बढिकाे सामान किन्दा ग्राहकले किस्ताबन्दीमा पाउने भएका छन् । ग्लोबल आइएमई बैंक  र भाटभटेनी सुपरमार्केटबीच भएकाे सम्झौता अनुसार भाटभटेनीका सबै स्टोरहरुबाट विशेष गरी इलेक्ट्रोनिक्स तथा ठूला सामग्रीहरु  शून्य प्रतिशत ब्याजदरमा  ग्राहकले पाउने भएका हुन ।

ग्राहकले ३, ६, ९, १२ वा १८ महिनासम्मको अवधि छनोट गरी रकम भुक्तानी गर्न सक्नेछन् । यस योजनामा ग्राहकलाई कुनै पनि ब्याज वा प्रोसेसिङ शुल्क नलाग्ने तथा अतिरिक्त कागजी प्रक्रिया पूरा गर्न नपर्ने बताइएकाे छ ।

याे सेवा लिन भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकहरुको कारोबार इतिहास र आर्थिक व्यवहारका आधारमा विशेष ग्लोबल बिबिएसएम क्लब कार्ड (क्रेडिट कार्ड) उपलब्ध गराउने भनिएको छ ।
सम्झौता बमोजिम बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरुले न्यूनतम १५ हजार रुपैयाँ वा सो भन्दा बढिको खरिदमा तत्कालै किस्ताबन्दी सुविधा पाउनेछन् ।