अष्ट्रेलियालाई हराउँदै फ्रान्सको शानदार सुरुवात

Yangle News
Yangle News
२०७९ मंसिर ७ गते
अष्ट्रेलियालाई हराउँदै फ्रान्सको शानदार सुरुवात

साविक विजेता फ्रान्सले फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा सानदार सुरुवात गरेको छ ।

अल जनौब रंगशालामा अष्ट्रेलियालाई ४-१ ले पराजित गर्दै फ्रान्सले विजयी सुरुवात गरेको हो । खेलको सुरुवाती समयमा पछि पर्दै चोटका कारण महत्त्वपूर्ण खेलाडी गुमाएको फ्रान्सले सानदार पुनरागमन गर्यो । क्रेग गुडविनले अग्रता दिलाएपनि अ‍ोलिभिएर जिरुडले २ तथा एड्रिएन राबिअ‍ोट र किलियन एमबाप्पेले १-१ गोल गर्दै फ्रान्सलाई जित दिलाए ।

अष्ट्रेलियाका क्यारिन गुडविनले सुरुवाती अग्रता दिलाए पनि टोलीले फ्रान्सको दबाब झेल्न सकेन।  खेलको नवौँ  मिनेटमा गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका थिए। गुडविनले म्याथु लेकीको पासमा उत्कृष्ट फिनिसिङ गरे।

१–० ले पछि परेपछि फ्रान्सले आक्रमण बढायो। खेलको २७ औँ मिनेटमा एड्रिन रोबिटले थियो हर्नान्डेजको पासमा गोल गर्दै फ्रान्सलाई बराबरीमा फर्काए। त्यसको २ मिनेटपछि केलिएन एम्बापेको कर्नर प्रहार ओलिभर जिरोटको हेडर प्रहार पोष्टको नजिकबाट बाहिरिँदा अग्रता दोब्बर पार्ने मौका गुमायो।

खेलको ३२ औँ मिनेटमा जिरुडले रोबिटको पासमा गोल गर्दै फ्रान्सलाई २–१ को अवस्थामा ल्याए। ३७ औँ मिनेटमा लगातार अष्ट्रेलियाको पोष्टमा आक्रमण बुनेको फ्रान्सको प्रहारले पोष्टको गति लिन सकेन।

Yangle News

खेलको ४२ औँ मिनेटमा एम्बापेको पासमा एन्थोनी ग्रिजम्यानको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो। ४५ औँ मिनेटमा केलियन एम्बापेको प्रहार पनि पोष्टको माथिबाट बाहिरियो।

पहिलो हाफको अतिरिक्त समयमा अष्ट्रेलियाका ज्याक्सन इर्भाइनले गरेको प्रहार बाहिरिदा बराबरी गर्ने मौका गुमाएको थियो।

दोस्रो हाफमा फ्रान्सले आफ्नो दबाब कायम नै राख्यो । ६८ अ‍ौं मिनेटमा एमबाप्पेले अग्रता दोब्बर पारे । अ‍ोस्मान डेम्बेलेको क्रसलाई उनले दुई डिफेन्डरको बीचमा उफ्रदै गोल गरे ।

त्यसको तीन मिनेटपछि नै फ्रान्सले अर्को गोल थप्यो । यसपटक एमबाप्पेको क्रसमा जिरुडले हेडरमार्फत गोल गरे । यस गोलसँगै जिरुडले थिअरी हेनरीको अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबर गरेका छन् । दुवैले फ्रान्सका लागि ५१ गोल गरेका छन् ।

यस जितसँगै फ्रान्स समूहको शीर्ष स्थानमा उक्लिएको छ । आजै भएको समूहको पहिलो खेलमा डेनमार्क र ट्युनिसिया गोलरहित बराबरीमा रोकिएका थिए ।

373 views