बार्सिलोना २८औं पटक ला लिगा च्याम्पियन

Yangle News
Yangle News
२०८२ जेष्ठ २ गते
बार्सिलोना २८औं पटक ला लिगा च्याम्पियन

क्याटालन क्लब बार्सिलोनाले २८औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ । बिहीबार राति स्पान्योलविरुद्ध २-० को जित निकालेसँगै बार्सिलोना दुई खेलअगावै ला लिगा च्याम्पियन बनेको हो ।

यो जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियाल मड्रिडसँग सात अंकको अग्रता बनाएको छ । रियालविरुद्ध यसअघिको खेलमा ४-३ को जित निकालेसँगै बार्सिलोना उपाधि होडमा बलियो बनेको थियो ।

बिहीबारको खेलमा बार्सिलोनालाई जित दिलाउन लामिन यमल र फेर्मिन लोपेजले गोल गरे । बार्सिलोनाले दुवै गोल दोस्रो हाफमा गरेको हो । यमलले ५३औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रतामा राखेका थिए । इन्ज्युरी समयमा लोपेजले अर्को गोल थपे । खेलको ८०औं मिनेटमा लियान्ड्रो काब्रेराले रातो कार्ड पाएपछि स्पान्योल १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै बार्सिलोनाले ३६ खेलबाट ८५ अंक जोडेको छ । त्यो ला लिगाको अन्तिम दुई खेल बाँकी हुँदा दोस्रो स्थानको रियालभन्दा दुई अंक धेरै हो । समान खेलबाट रियालको ७८ अंक छ ।

३६ खेलबाट ३९ अंक जोडेको स्पान्योल भने तालिकाको १६औं स्थानमा छ ।