झापा क्षेत्र नम्बर १ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा विजयी

Yangle News
Yangle News
२०७९ मंसिर ७ गते
झापा क्षेत्र नम्बर १ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा विजयी

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ बाट सानदार जित हासिल गरेका छन्।

उनले एमालेका अग्नि खरेललाई १४ हजार २७५ को मतान्तरले पराजित गरेका हुन्।

केहीबेरअघि सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार विश्वप्रकाशले ३९ हजार ६२४ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी एमालेका खरेलले २५ हजार ३४९ मतमा समेटिनु परेको छ। उक्त क्षेत्रमा ८१ हजार ७६४ मत खसेको थियो।

286 views