मंगलबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ सय रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख रुपैयाँ निर्धारण भएको थियो । मंगलबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ १३ सय ९० रुपैयाँ कायम रहेको छ ।