काठमाडौंको न्युरोडमा एक जना पुरूष मृत फेला परेका छन्।
मंगलबार बिहान काठमाडौं महानगरपालिका-२४ जुद्ध शालिक नजिकै एक पुरूष मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
बिहान पौने ७ बजेतिर सडकमा कुच्चो लगाउन आएका मानिसले पुरूष मृत फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो।
घटना भने शंकास्पद रहेको बताइएको छ। मृतकको निधारमा चोट पनि देखिएको छ। घटनाको खबर पाएपछि प्रहरी वृत्त जनसेवाबाट डिएसपीसहितको टोली घटनास्थलमा पुगेको थियो।
त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जका फरेन्सिक चिकित्सकसमेत घटनास्थलमा पुगेका थिए।
केन्द्रीय प्रहरी केनाइन कार्यालय महाराजगन्जबाट तालिम प्राप्त कुकुरसमेत खटाएको थियो।
प्रहरीले मृतकको पहिचान खुलाउने प्रयास गरिरहेको छ।