गृहमन्त्री रवि लामिछानेले गरे राहदानी विभाग निरीक्षण

Yangle News
Yangle News
२०७९ पुस १३ गते
गृहमन्त्री रवि लामिछानेले गरे राहदानी विभाग निरीक्षण

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज राहदानी विभाग निरीक्षणमा पुगेका छन् । बुधबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर गृहमन्त्री लामिछानेले त्यहाँको अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री लामिछानेले सोमबार शपथ लिएका थिए । उनले मंगलबार पनि राहदानी विभागका अधिकारीहरुलाई बोलाएर त्यहाँको समस्या बुझेका थिए ।

विभागमा सेवाग्राहीको अत्यधिक भीड हुने गरेको छ । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन भएको दिनमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानी र लाइन्सेन्स वितरणको समस्या हल गर्ने निर्णय गरेको थियो ।