तीनकुनेमा सवारी दुर्घटना : १ जनाको मृत्यु, ३ घाइते

Yangle News
Yangle News
२०८२ बैशाख २५ गते
तीनकुनेमा सवारी दुर्घटना : १ जनाको मृत्यु, ३ घाइते

काठमाडौंको कोटेश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार नुवाकोट घर भई अहिले ललितपुर धोबीघाट बस्ने २३ वर्षकी नगिना तामाङ रहेकी छन् । यस्तै, मोटरसाइकल चालक २७ वर्षीय पदम थापामगर, भ्यानका चालक शान्तिनगरका रत्न सार्की र बसकी यात्रु काँडाघारीकी २० वर्षीया मेनुका बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ ।

सडकमा रातो बत्ती बलेको बेला रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिँदा दुर्घटना भएको हो । बिहान ६ः ३५ बजे बा ३ ख ७०६२ नम्बर बसले रोकिराखेका बा प्र ०१-०२६ च २९२७ नम्बरको भ्यान र बा.प्र. ०२-०५३ प ३८२७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

बसका चालक इलामको सूर्योदय नगरपालिका-५ का ५९ वर्षीय रामकुमार खड्कालाई नियन्त्रणमा लिइएको गिरीले जानकारी दिए ।