शानदार जितसहित पोखरा थन्डर्स पनि नेपाल सुपर लिगको प्लेअफमा

Yangle News
Yangle News
२०८२ बैशाख २ गते
शानदार जितसहित पोखरा थन्डर्स पनि नेपाल सुपर लिगको प्लेअफमा

नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत लिग चरणको अन्तिम खेलमा पोखरा थन्डर्सले सानदार जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा बुटवल लुम्बिनी एफसीमाथि २-० को जित हासिल गर्दै पोखरा थन्डर्स प्लेअफमा प्रवेश गरेको छ ।

यो जितसँगै पोखराले ६ खेलबाट आठ अंक पुर्‍याएको छ । पराजित बुटवल भने एक अंकसहित यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो । अन्तिम खेल खेल्न बाँकी झापा एफसी पनि प्रतियोगिताबाट बाहिरिएको छ । झापाको पाँच खेलबाट चार अंक छ । अब ६ खेलबाट आठ अंक भएको काठमाडौं रेजर्स र एक खेल कम खेलेको चितवन एफसीमध्ये एक टोली प्लेअफमा पुग्नेछन् ।

चितवनले लिग चरणको अन्तिम खेल पहिलो क्वालिफायरमा स्थान बनाइसकेको साबिक उपविजेता धनगढी एफसीविरुद्ध खेल्नेछ । यो खेलमा गोलरहित बराबरी भए पनि चितवन प्लेअफमा पुग्नेछ । पराजित भए लिग चरणबाटै बाहिरिनेछ ।

पोखराको जितमा आयुष घलान र बिएस्सी विलियमले गोल गरे । ‘गर या मर’को स्थितिमा रहेको खेलको १०औं मिनेटमै पोखराले आयुषको गोलमार्फत सुरुआती अग्रता लिएको थियो । मार्की प्लेयर समीर तामाङले बायाँ भागबाट दिएको क्रसममा आयुषले पेनाल्टी बक्सबाट हेडरमार्फत गोल गरे । जारी प्रतियोगितामा उनको यो पहिलो गोल हो ।

त्यसपछि पोखरालाई अर्को गोल थप्न ४८ मिनेट लाग्यो । ५८औं विलियमले हेडरमार्फत नै गोल गरे । कप्तान नवयुग श्रेष्ठले प्रहार गरेको कर्नरमा उनले गोल गरेका हुन् ।

अंक तालिका :

Yangle News