मेलम्चीको खानेपानी वितरण बन्द

Yangle News
Yangle News
२०८२ बैशाख २१ गते
मेलम्चीको खानेपानी वितरण बन्द

मेलम्चीको खानेपानी वितरण बन्द भएको छ । उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण बन्द गरिएको जनाएको हो ।

केयूकेएले आज एक सूचना जारी गर्दै मेलम्ची खोलामा बाढीसहित धमिलो पानी आएकाले अर्को सूचना जारी नभएसम्मका लागि पानी वितरण अवरुद्ध हुने जानकारी गराएको छ । लिमिटेडले वितरण रोकिँदा हुने असुविधाप्रति क्षमा मागेको छ ।

यसअघि पनि मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन वर्षा सुरु भएसँगै बन्द गर्ने र हिउँद सुरु भएपछि खोल्ने गरिएको छ ।