आईओसीले घटायो पेट्रोलियम पदार्थको मूल्य, निगमले घटाउला ?

Yangle News
Yangle News
२०८० जेष्ठ २ गते
आईओसीले घटायो पेट्रोलियम पदार्थको मूल्य, निगमले घटाउला ?

 

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचिमा यसअघिको भन्दा पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८ रुपैयाँ १३ पैसाका दर घटेको निगमले जनाएको छ ।

आईओसीले निगमलाई हरेक १५ दिनमा अर्थात अंग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँछ । सोअनुसार आईओसीले १५ दिनअघिको तुलनामा आज पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । आईओसीले आफ्नो लागत तथा कच्चा तेलको मूल्यका आधारमा नयाँ मूल्यसूची पठाउँछ ।

सो अनुसार निगमले नेपालमा पनि मूल्य समायोजन गर्नुपर्नेमा सञ्चिति नोक्सान देखाउँदै निगमले मूल्य समायोजन गरेको छैन । हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

337 views